जंगली जनावरबाट पीडित किसानलाई निकुञ्जले क्षतिपूर्ति दिने

Kdfsl9veh1omeoh7phai

सर्लाही । सर्लाहीमा जंगली जनावरबाट पीडित बनेका स्थानीयलाई पर्सा राष्ट्रिय निकुञ्जले राहत दिने भएको छ । सर्लाहीका किसानलाई पछिल्लो समय बँदेल, नीलगाई, हरिण, हात्तीलगायतका जंगली जनावरले दुःख दिन थालेका छन् ।

जंगली जनावरले किसानको खेतबारीमै पसेर क्षति पुर्‍याउँदै आएका छन् । कति किसान त बालीनाली जोगाउन खेतमै बाससम्म बस्नुपर्ने बाध्यतामा छन् ।

जंगली जनावरले बढी क्षति पुर्‍याउन थालेपछि डिभिजन वन कार्यालय सर्लाहीले किसानलाई केही राहत पुगोस् भनेर जनावरबाट पीडित भएकाहरुको तथ्यांक संकलन गरी पर्सा राष्ट्रिय निकुञ्जमा राहतका लागि सिफारिस गरेको हो ।

क्षतिको प्रमाणका आधारमा निकुञ्जले किसानलाई राहत उपलब्ध गराउने छ ।

जंगली जनावरले सर्लाहीको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा क्षति पुर्‍याउँदै आएको छन् ।

प्रतिकृया दिनुहोस