बस दुर्घटनामा ११ जना घाइते

Durghatana

नवलपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

रुकुमबाट काठमाडौं जाँदै गरेको ना७ख २६५३ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको पिबी १३ बीसी ५९८० नम्बरको भारतीय ट्रकसँग ठोक्किएर अनियन्त्रित भइ सडकमा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएको जनाइएको छ । घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस