विपन्न लक्षित छात्रावृत्ति वितरण ७७ जिल्लामा लागु गरिँदै

Dhfrr

काठमाडौं । सरकारले यो वर्षदेखि देशभर नै विपन्न लक्षित छात्रावृत्ति वितरण गर्ने भएको छ । गत वर्ष २५ जिल्लामा मात्रै लागु भएको यो कार्यक्रम यो वर्षदेखि ७७ ओटै जिल्लामा लागु गर्न लागिएको हो ।

सरकारले यो वर्ष ५० हजार छात्र,छात्रहरूलाई विपन्न लक्षित छात्रावृत्ति वितरण गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शाखाका प्रमुख खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भोलिसम्ममा इच्छुक विद्यार्थीहरूले आफ्नो विद्यालयमा सम्पर्क गरी छात्रवृत्तिको लागि अनलाईनमार्फत फारम भर्न सक्ने सिंहले बताए ।

प्रतिकृया दिनुहोस