बझाङमा लागु औषधसहित एक जना पक्राऊ

Pakrau

बझाङ । बझाङमा लागु औषध चरेश सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर १० का ३३ वर्षका जय बहादुर विक रहेको प्रहरीले जनाएको छ ।

आफ्नो होटलमा लागु औषध चरेश विक्री गरि रहेको अवस्थामा २ सय ४५ ग्राम लागु औषध चरेश सहित विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी ििदए ।

विकलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस