भाषाशास्त्री स्व. पोखरेलको सम्मानमा सार्वजनिक बिदा

Pokhrel  7rf7eidg2o


विराटनगर । भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ । गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्वजनिक बिदा दिएको हो ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकपछि सूचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पुर्‍याउनु भएको अमूल्य योगदान र उनिप्रति सम्मानका लागि शोक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

विराटनगर महानगरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक विद्यालय, संस्थागत विद्यालयहरुले शोक बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।

वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर–१ मा रहेको परोपकार घाटमा आइतबार अन्त्येष्टि गरिएको थियो ।

प्रतिकृया दिनुहोस