भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १९ जना नेपाली महिलाको उद्धार

Womanrescue

बाँके । वैदेशिक रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १९ जना नेपाली महिलालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ ।

भारततिर जादै गरेको बसबाट उनीहरुलाई उद्धार गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
नाकामा रहेको प्रहरी र माइती नेपालको टोलीले यहि फागुन १० गते ९ जना र ११ गते १० जना महिलालाई राती ९ बजे नियन्त्रणमा लिएको थियो ।

अहिले उद्धार गरिएका सबै महिलालाई माइती नेपाल, नेपालगञ्जमा राखिएको छ । उनीहरु १९ देखि ४८ वर्ष उमेर समुहका छन् । माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाका अनुसार १९ जनामध्ये केही महिलाले मात्रै बैदेशिक रोजगारमा जान थालेको स्वीकार गरेका छन् ।

उनीहरु मोरङ, सुनसरी, काभ्रे, सर्लाही, गुल्मी, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक, उदयपुर, रोल्पा र झापाका हुन् ।  

प्रतिकृया दिनुहोस