स्थानीय तहमा रहने रोजगार संयोजकको नतिजा प्रकाशन

Labour employment social security

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको नतिजा प्रकाशित भएको छ । हरेक स्थानीय तहमा रहने रोजगार संयोजकका लागि सरकारले यसअघि आवेदन आह्वान गरी परीक्षा लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो ।

सातै प्रदेशका हरेक स्थानीय तहमा रहने गरी ७ सय ५३ जना रोजगार संयोजक माग गरिए पनि ५ सय २१ जना मात्रै छानिएका थिए । सर्टलिस्ट गरिएकामध्ये कम्प्युटर प्रणालीबाट २५ अंकभन्दा कम ल्याउनेहरू असफल भएका छन् ।

नेपालमा सरकारी सेवाका लागि पहिलोपटक कम्प्युटर प्रणालीबाट परीक्षा भएको मन्त्रालयको दावी छ । उनीहरूको सर्टलिस्ट पनि आवेदकले भरेको सूचनाका आधारमा कम्प्युटरबाटै गरिएको थियो ।

बाँकी उम्मेदवारका लागि सरकारले नयाँ निर्णय गर्ने तयारी गरेको छ । मापदण्डमा नपरेपछि २ सय ३२ स्थानीय तहका लागि रोजगार संयोजक पुनः छान्नुपर्ने भएको हो ।

१० हजार भन्दा कम जनसंख्या हुने स्थानीय तहका लागि नायब सुब्बा र त्यसमाथिका स्थानीय तहका लागि अधिकृत सरहका रोजगार संयोजक सरकारले मागेको थियो ।

प्रतिकृया दिनुहोस