रोकियो दीपक मनाङेको सपथ, अब कहिले होला त ?

Dipak manange 1

पोखरा । राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ रोकिएको छ ।

मनाङेले आइतबार सपथ खाने कार्यक्रम थियो त । तर, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेसँगै मनाङेको सपथ रोकिएको हो ।

मनाङेले मंसिर ११ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् । राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ ।

मनाङ ‘ख’ बाट निर्वाचित भएका मनाङेले शपथ खान नपाई ज्यान मुद्दामा दोषी ठहरिएर जेल चलान भएका थिए ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन्। त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन् । त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।

राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले आफ्नो धारणा राख्ने छन् ।

प्रतिकृया दिनुहोस