बाँके: आत्महत्या गरेको भनिएको माधुरीको हत्या गरिएको माइतीको दावी

Img 20190105 125629 hht

बाँके । गत पुष १७ गते नेपालगञ्जमा कोठाभित्र आत्महत्या गरेको भनिएको माधुरी वर्णवालको हत्या गरिएको माइती पक्षले दाबी गरेको छ । माइती पक्षले नेपालगञ्जमा पत्रकार सम्मलेन गरी उसले आत्महत्या गरेको नभई हत्या गरिएको दावी गरेको हो ।

माधुरीले गत मंसिरमा नेपालगञ्जका मनिष वर्नवालसंग बिहे भएको थियो । बिहे भएको केहि समयसम्म राम्रै थियो बुबा बेदप्रकाश वर्नवालले भने पछिपछि सासुले हिंसा गर्न थालेको आफुलाई छोरीले बारम्बार गुनासो गर्दै आएकी थिए, तर मैले नै उसलाई उनको कुरालाई चिन्ता नलिन आग्रह गर्दै आएको थिए ।

सोही क्रममा गत पुष १७ गते ज्वाई मनिषले छोरीले कोठा बन्द गरी बसेको भनेर आफुलाई खबर गरेको र त्यही राति कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको खबर आफूहरुलाई दिएको माधुरीकी आमा पुष्पा बर्णवालले बताए । दाइजो नल्याएको निहुँमा घर परिवारबाट विभिन्न मानसिक यातना दिँदै आफ्नी छोरीको हत्या भएको आमा पुष्पाको भनाई छ ।

घटनापछि प्रहरी समेतलाई जानकारी निदिई ढोका तोडफेड गरी अस्पताल लगिएको भन्दै आमा पुष्पाले पूर्व योजना अनुसार छोरीको हत्या गरिएको दाबी गरिन् । २६ वर्षीया माधुरी वर्णवालको घर वीरगञ्ज हो । माधुरीलाई झुण्डेको अवस्थामा नदेखेर नै अत्महत्या भएको प्रहरीले भनेको र शुरुमा जाहेरी लिन नमानेको भन्दै माधुरीका आमाबुवाले प्रहरी अनुसन्धानमाथि आशंका जनाउँदैं पोष्टमार्टम रिपोर्ट पनि सही आउनेमा आशंका रहेको बताएका छन् ।

माधुरीका आमा पुष्पाले छोरी हत्या आरोपमा पति मनिष बर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल, सासू राजकुमारी देवी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी दिएका छन्।

प्रतिकृया दिनुहोस