सांसद दीपक मनाङ्गेले आज सपथ लिने, यस्तो छ तयारी

Deepak manange .. grvu8dzyhs

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गेले आइतबार सपथ लिने भएका छन् ।

प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए । मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए ।

यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद दीपक मनाङ्‍गेको सपथ के हुने भनी चर्चा सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस