चकलेटको प्रलोभन देखाएर ५ वर्षीया बालिकामाथि बलात्कार

Rape

काठमाडौं । चकलेट दिने प्रलोभन देखाएर धनुषामा ५ वर्षीया बालिकामाथि बलात्कार भएको छ। पीडित परिवारजनले आज जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार गाउँकै ४८ वर्षीय व्यक्तिले बालिकालाई बलात्कार गरेका हुन्। विद्यालयबाट फर्किदै गरेकि बालिकालाई शुक्रबार दिउँसो चकलेटको प्रलोभन देखाएर आफ्नै घरमा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ।

छतविक्षत अवस्थामा बालिका घर पुगेपछि उनकी आमाले घटनाबारे थाहा पाएर उपचारको लागि अस्पताल लगेकी थिइन्। स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ।

अत्यधिक रक्तस्रावका कारण बालिकाको अवस्था नाजुक रहेको बताईएको छ। बालिकाको शनिबार जनकपुर अञ्चल अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गराईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले बताए।

पीडित परिवारले आरोपी विरुद्ध किटानी जाहेरी दिएको र पक्राउ गर्न प्रहरी परिचालन भइ सकेको प्रहरी निरीक्षक साहले जानकारी दिए।

प्रतिकृया दिनुहोस