सौराहामा दशैं तिहारको छुटै छुट

Sauraha

सौराहा । जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी चितवनको सौराहास्थित ‘यसपालीको दसैं तिहार चितवनमा’ योजना ल्याएको छ ।

सोमबार (असोज १५) देखि कात्तिक मसान्तसम्म लागू हुने योजनामा पर्यटकले दुई रात तीन दिनको प्याकेज मात्र ६ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाउनेभएका छन् ।

यस प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्टसहित सम्पूर्ण सफारी गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार पर्यटकले प्याकेजमा खानाबाहेक जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारू नाच, सूर्यास्त र थारू गाउँ अवलोकन गर्न पाउनेछन् ।

‘हामीले यस पटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिने घिमिरेले बताए । उनले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका बताएका छन् ।

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस