हत्या अभियोगमा एक पक्राउ

Pagal haru

सिन्धुपाल्चोक । पाँचपोखरी, थाङ्पाल गाउँपालिका-४ की ५५ वर्षिय मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ ।

हत्या अभियोगमा सोही ठाउँका २० वर्षिय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन ।

अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस