पर्वतमा १२ वर्षीया बालिका बलात्कृत, बलत्कारी फरार

Rape skech

पर्वत । मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् ।

घरमा बसेर कोठामा पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए।

बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस