प्रहरीमा ७ हजारलाई जागिर खुल्यो, आवेदन फर्म कहिलेबाट ?

Nepal police jhanda

काठमाडौं । प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगीलगायत ठूलो संख्यामा समावेशी प्रावधानअनुसार भर्नाका लागि नेपाल प्रहरीले विज्ञापन खुलाएको छ ।

सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी कार्यालय सहयोगी ९भान्छे०मा ३२०, प्रहरी कार्यालय सहयोगी९हजाम०मा १५, प्रहरी कार्यालय सहयोगी९सिलाई÷बुनाई०मा १२, प्रहरी कार्यालय सहयोगी ९कुचिकार०मा १४, प्रहरी कार्यालय सहयोगी ९मोचि०मा ९ र प्रहरी कार्यालय सहयोगी ९खेलाडी०मा ३० जनाको माग गरिएको छ ।

प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ । प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।

विज्ञापनमा प्रहरी जवान तथा अन्य सहयोगीको हकमा पनि सोही मितिमा दरखास्त आह्वान गरिएको छ ।

प्रतिकृया दिनुहोस