फरार रहेका बलात्कारी वर्षदिनमा पक्राउ

Arreeee

तेह्रथुम । १५ वर्षीय बालिकालाई करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

बालिकालाई पटक–पटक करणी गरी एक वर्षदेखी फरार रहेका लालीगुराँस नगरपालिका–३ का ५४ वर्षीय शंकर थापा पक्राउ परेको हो। गएको वर्ष असोज २७ गते बालिकालाई करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

थापालाई सिआईबीको सहयोगमा काठमाडौंको गौशालाबाट असोज १२ गते पक्राउ गरी आइतबार जिल्ला अदालत तेह्रथुममा उपस्थित गराइएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

थापाविरुद्ध जबरजस्ती करणी अपराधमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस