पौने २ करोडको चिनियाँ मदिरा नष्ट

Chiniya madira

हुम्ला । अवैध रुपमा चीनबाट नेपाल भित्रियाइएको चिनीयाँ मदिरा नष्ट गरेको छ ।

जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।

गएको भदौ-१ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस