राष्ट्रिय युवा शक्तिको महानगरमा केसी

Rpp yuba dr

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को भातृ संगठन राष्ट्रिय युवा शक्तिका काठमाडौं महानगर कार्यसमिति गठन भएको छ ।

शनिबार भएको भेलाले मदन केसीको अध्यक्षतामा २१ सदस्य कार्यसमिति गठन भएको छ । जसमा उपाध्यक्षमा रमेश सिलवाल र सचिवमा बलराम गिरी चयन भएका छन् ।

सो भेलाले अच्युत रायमाझी, राजकुमार लामा, प्रकाश गुरुङ, सरोज पौडेल, गबर सुवेदी, गौतम सुवेदी, सञ्जय पुन, विश्वास गुरुङ, दिपेन शाही, राज तामाङ, विवेक खनाल, विशाल गुरुङ र हनिप भण्डारी सदस्य चयन भएका छन् ।

सो भेलामा एराप्रपा (राष्ट्रवादी) का सह प्रवक्ता जनक पाठक, युवा शक्तिका अध्यक्ष फणिराज लोहनी, बरिष्ठ उपाध्यक्ष शिवप्रसाद खनाल, उपाध्यक्ष राजन लामा, महामन्त्री विनोद बानिया, केन्द्रिय सदस्य रामु खकुरेल, काठमाडौं जिल्ला अध्यक्ष सञ्जिव लामा लगायतले राष्ट्र निर्माणका लागि युवा शक्ति एक हुनुको विकल्प नभएकामा जोड दिए । कार्यक्रम युवाशक्तिका महामन्त्री सुरेन्द्र सेढाइले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस