बाबुले गरे आफ्नै १३ वर्षीय छोरीको बलात्कार

Rape 6

दाङ । तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर ५ मा छोरी बलात्कार गरेको अभियोगमा एक पक्रा परेका छन् ।

आफ्नी १३ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बाबुलाई ईलाका प्रहरी कार्यालय दाङले शनिबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा बाबुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उपचारका क्रममा नेपालगंज लगिएकी बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बाबुले बलात्कार गरेको खुलेको हो । ती बालिकाको योनीमा घाउ लागेपछि उपचारको क्रममा यस्तो तथ्य बहिर आएको हो ।

बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस