श्रीमानले लठ्ठी प्रहार गरी गरे आफ्नै श्रीमतीको हत्या

Kutpit

बागलुङ् । श्रीमानल लठ्ठी प्रहार गर्दा श्रीमतीकोे मृत्यु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका–२ का ६६ वर्षीय देउप्रसाद छन्त्याल शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आइ श्रीमतीमाथि लठ्ठी प्रहार गर्दा ७० वर्षीया तुलमाया छन्त्यालको मृत्यु भएको हो ।

श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।

श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताए ।

देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस