महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा आन्दोलन गर्ने

Mahila

काठमाडौं । देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा नेपाल महिला सङ्घले प्रदर्शन गर्ने भएको छ ।

सङ्घले शनिबार पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते आइतबार देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनबुझाउन लागेको बताए ।

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताए । 

प्रतिकृया दिनुहोस