कपिलबस्तुमा मुस्लिमहरुले मनाए मोहर्रम

Kapilbastu news 5

कपिलवस्तु । कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम उल्लासका साथ मनाएका छन् ।

हिन्दु धर्मलम्बिहरु पनि मुस्लिम धर्मालम्बिहरुले पनि यो चाड नाउने गरेका छन् । यस अवसरमा कपिलवस्तुका जिल्ला प्रमुख अर्जुनप्रसाद पोख्रेलले कपिलवस्तुका मुस्लिम तथा हिन्दु धर्मलम्बिहरुलाई शुभकामना दिएका छन् ।

मोहर्रमकै अवसरमा मुस्लिमहरुले प्रर्दशन गरेका लाठी, तालवार खेलले खुशी भई जिल्ला प्रमुख अधिकारी पोख्रेलले प्रशंसास्वरुप पुरस्कार पनि प्रदान गरे ।

किन मनाइन्छ ?
झण्डै १३८० वर्ष पहिला सन् ६१ हिजरीमा जब ईस्लाम माथि एजिदोने हम्ला गरे । अर्थात एजिदीहरु जुन ईस्लाम जायज जसलाई नाजायज बनाउनलाई, जुन हराम छ उसलाई हलाल गर्नलाई अच्चछाई (सत्यता) छ । त्यसलाई मेटाउनलाई एउटा एजिद नामका मानिस जुन हजरत अमिर माबियाको छोरा इजिद थिए ।

जब यो कुरा गरे त्यतिवेला मक्का मदिना दमिस्क एहाक र त्यसको अलावा देशमाथि उसले जबरजस्ती हुकुमुत गर्न थाले । जब एमामे हुसेनले उस्को खिलाफ अवाज उठाउन थाले । एमामे हुसेन, जुन इस्लामको धर्म गुरु हजरत सल्लाहो ताला वोय वसल्लामको (नेवासा) छोरीको छोरा जन्मिए । एजिदले एमामे हुसनसित वाएत (समार्थन) गर्न भन्द मानेन् ।

त्यसकारण एजिद एउटा जालिम, जाबिर, जनाकार, सराबी, बुराईलाई अगाडि बढाउने मान्छे थिए । त्यसकारण एमामे हुसेनले उसको समर्थन नगर्न भनेपछि मुलके एराक एउटा शहर कोफाको नजिक जुन फरात नदीको किनारमा एउटा मैदान (ठाउँ) थियो । जसको नाम करबला थियो । उक्त ठाउँमा धोका दिएर एमामे हुसेनलाई बोलाएर १० मोर्हरममा उनीसित लडाई भयो र एमामे हुसेनसँग बच्चा, आईमाई तथा बुढा पाखाहरु मिलाई ७२ जना थिए भने एजिदसँग २२००० जना सेनाकोे फौज थियो । दुई पक्षबीच लडाई हुँदा धेरै जनको मृत्यु भयो ।

सो लडाइमा एमामे हुसेन पनि सहिद भए । यसकारण इस्लामिक मोर्हरमको १० तारिख, जुनकी अरबी वर्षको पहिलो महिना हो । यसमा मुस्लिम समुदायका हरेक मुस्लिमहरु उनको यादमा व्रत बसी इस्लाम ग्रन्थको कुरान सरिफ पढि आजको दिनमा आसुँ पोख्दै (दुःख) गमका साथ जुन तरिकाले एमामे हुसेन सहिद भएका थिए ।

करबलाको मैदानमा त्यसैको यादमा लाखौं लाख रुपैयाँको तहाजिया बनाई (दुःख) गमको साथमा करबलाको मैदानमा लैजाने गर्दा छन् । यस महान पर्वमा मुस्लिम जस्तै हिन्दु धर्मलम्बिहरु पनि उहाँप्रति आस्था राखी (दुःख) गमका साथ करबलामा जाने गरेका छन् ।

प्रतिकृया दिनुहोस