काठमाडौंमा २ अर्बको लगानीमा एसियाकै पहिलो ‘स्काइवाक’ निर्माण

A!1

काठमाडौं । काठमाडौंको कमलादीमा वन्डर्स नेपाल प्रालिले दक्षिण एसियाकै पहिलो ‘स्काइवाक’ निर्माण गर्ने भएको छ ।

वन्डर्स नेपालले आउने विजया दशमीको घटस्थापनाको दिन उक्त स्काइवाकको शिलान्यास गर्ने शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू भित्र्याउने उद्देश्यले स्काइवाक निर्माण गर्न लागिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो समूहले लामो समय र मेहनतपछि यो काम गर्नेमा पुगेका हौं, घटस्थापनाको दिन शिलान्यास गरेर तीन वर्षपछि दशैको दिनमा स्काइवाकको उद्घाटन गर्नेछौं ।’ उनले अघि थपे, ‘मुलुकका धेरै स्थानहरू अवलोकन गर्यो तर राजधानीभन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन, त्यसैले राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा बन्नेछ, लागत २ सय करोड लाग्नेछ ।’

सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै प्रालिका अध्यक्ष पोखरेलले भने, ‘यस कार्यका लागि सरकारी तवरबाट राम्रो सहयोग पाएका छौं, अन्य क्षेत्रबाट पनि हामीले साथ पाएका छौं, तीन वर्षभित्र निर्माण कार्य पूरा हुन्छ, २३ वर्षका लागि जग्गा लिजमा लिइसकेका छौं, यस स्काइवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पुराउने हामीले अपेक्षा लिएका छौं ।’

त्यस्तै कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले विदेशबाट स्वदेश फर्केका युवाहरूले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताए । विदेश पुगेर पनि स्वदेशमा केही गर्नुपर्छ भन्ने युवाहरूलाई साथ दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । उनले भने, ‘देख्दा भर्खरकै युवाजस्ता लागे पनि अनुभव र ज्ञान विशाल छ, हाम्रो टोलीको गहन अध्ययन र मुलुकलाई चिनाउने अर्को एक प्रयासलाई समयमै निर्माण गरेर देखाउनेमा हामी प्रतिबद्ध छौं ।’

उनले अघि थपे, ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये योपनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्तपनि उक्तिकै छौं ।’

वन्डर्स नेपालका संस्थापकहरूमा आकर्षण पोखरेलसहित लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, गजेन्द्र थपलिया, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी

प्रतिकृया दिनुहोस