प्रदेश नं.२ सरकारले शहीद परिवारलाई धमाधम रोजगारी दिंदै

Madhes sahid jagir lal bahadur raut

जनकपुरधाम । मधेस आन्दोलनका शहीद परिवारलाई प्रदेश नं.२ सरकारले रोजगारी दिन सुरू गरेको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलाई रोजगारी दिन सुरू गरेको हो ।

सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको छ ।

मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । ‘हामी आव्हान गरी सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’ उनले भने ।

यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाईसमेत रोजगारी दिइएको थियो ।

मुख्य न्यायाधीवक्ता कार्यालयले हालसम्म दुईजना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ ।

निर्दे्शिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस