म्यानमारका राष्ट्रपतिको स्कर्टिङका क्रममा नेपाल प्रहरीको मोटरसाइकल दुर्घटना

P  a

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइर दुर्घटना भएको वृत्तका डिएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घाइते प्रहरीको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस