एक युवतीलाई सामुहिक बलात्कार गर्ने पाँचजना पक्राउ, लिङ्ग काट्नु पर्ने माग

Rape gang 499x300

सप्तरी, सिमरा । २० वर्षीय एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोप पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला हेरेर फर्कंदै गरेकी युवतीलाई सामुहिक बलात्कारमा संलग्न पाँच जनालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ ।

सप्तरीकै खडक नगरपालिका–५ की युवतीलाई सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले शम्भुनाथ नगरपालिका–५ निवासी २० वर्षीय विक्रम सरदार, सोही ठाउँका २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, सप्तरीकै कन्चनरुप नगरपालिका–११ निवासी २४ वर्षीय हीरालाल साह र शम्भुनाथ नगरपालिका–७ निवासी १८ वर्षीय राजकुमार भगतलाई पक्राउ गरेको छ ।

सप्तरी प्रहरीका अनुसार रक्षाबन्धन मेलाबाट सोमबार राति करिब ९ बजे साइकलमा एक्लै घर फर्कंदै गरेकी ती युवतीलाई अर्नाहा र कठौनाको बीचमा पर्ने वसबलपुर जाने बाटोनजिकै ७–८ जना युवाको समूहले बाटो छेकेर धानखेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
पीडित युवतीका परिवारजनले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती सबैलाई पक्राउ गरिएको जनाइएको छ ।

घटनामा संलग्न युवाले मादकपदार्थ सेवन गरेको पीडित युवतीले बताएकी छन् । परेका पाँचैजनामाथि मंगलबार जबर्जस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

पक्राउ गरेको समाचार सार्वजनिक भएसँगै महिला अधिकारीकर्मी र सामाजिक संजालहरुमा बलात्कारीको लिंग काट्नु पर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस