निर्मलाले टिपेर लगेको अम्बाको रुख यसकारण काटियोः रोशनीकी आमा

Roshani bam house

महेन्द्रनगर । निर्मला पन्तको कसरी र कसले हत्या गरेको हो भन्ने समाज र परिवारलाई चित्त बुझ्दो अनुसन्धान बाहिर आएको छैन । हत्या अभियोगमा समातिएका दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइएको छ ।

मंगलबार काठमाडौँ ल्याइएका विष्टको मानिसक र स्वास्थ्य जाँचको लागि काठमाडौँ ल्याइएको हो । पाटनस्थित मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उनको चेक जाँच गरिने बताइएको छ । मानसिक सन्तुलन गुमाएका भनिएका विष्ट शारीरक सम्पर्कको लागि योग्न छन् वा छैनन् भन्नेपनि चेकअप गरिने भएको छ ।

महेन्द्रनगरमा शान्त हुँदै गइरहेको छ । कफर््यू हटेसँगै मानिसहरु सामान्य दैनिकमा फर्केका छन् । निर्मलाको हत्या कसरी भएको हो भन्ने विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । स्थानीयले पनि विभिन्न अडकल गरिरहेका छन् । रोशनी बम दिदीबहिनी पनि प्रहरी हिरासतमै छन् । उनीहरुमाथि पनि नयाँ शिराबाट अनुसन्धान भइरहेको छ ।

घटनाको बास्तविकता बम दिदीबहिनीलाई जानकार भएको धेरैले शंका गरेका छन् । उनीहरुको उठबससँगै घटनापछि घरमा भएको अम्बाको रुख काटेको र घरको भित्तामा रङ लगाएका जस्ता कुरालाई आधार मात्रै बनाएका छैनन् । छोरी घर नपुगेको भन्दै निर्मलाकी आमा रोशनीको घर पुग्दा र साइकल भेटिएपछिका अभिव्यक्तिलाई पनि आधार बनाइएको छ ।

घटना पहिले घरमा एक्लै बस्दै आएकी थिइन् बम दिदीबहिनी । अहिले भने आमा–बुबा दार्चुलाबाट झरेका छन् । निर्मलाले अम्बा टिपेर लगेको भनिएको रुख नै काटेपछि झन् सशंकि बनाएको छ । रुख रोशनी र बबिताले नकाटेर आमाले काटेकी हुन् । अम्बाकै कारण साथीहरुकी छोरी आउने भएको कारण काटिएको रोशनीकी आमाले बताएकी छन् ।

‘त्यसमा फासी लगाएको भए प्रुफ चाहिन्छ भनेर राख्ने थिए तर लाश रुखबारीमा भेटियो । अम्बाले गर्दा साथी आउँछन्, आज यस्तो घटना भयो, भोली अर्को पनि हुन सक्छ भन्ने हिसाबले रुख काटिएको हो’ रोशनीकी आमाले भनिन् । उनले साउन १७ गते अम्बाको रुख काटेको भन्दै काट्ने मान्छे पनि ल्याइदिने बताइन् ।

रोशनीकी आमाले एसपी डिल्लीराज विष्टसँग कुनै आफ्नो चिनजान भएको तर यो घटनापछि मात्रै चिनजान भएको बताएकी छन् । आफूले भरखरै मात्रै विष्टको घर दार्चुला भएको समेत जानकारी पाएकी बताएकी छन् । जबकी रोशनीकी आमा र विष्टको चिनजान कारण रोशनी र बबिताको चिनजान भएको बताइँदै आइएको छ । त्यसैगरी घरमा कुनै रङ नलगाएकी रोशनीकी आमाले दाबी गारेकी छन् ।

प्रतिकृया दिनुहोस