बलात्कारीलाई फाँसीको माग गर्दै सामूहिक कपाल मुण्डन

Sabitri subedi

काठमाडौं । बलात्कारीलाई फाँसीको माग गर्दै अधिकारकर्मीले सामूहिक कपाल मुण्डन गरेका छन् ।

केही दिनअघि पेटीकोट आन्दोलन गरेकी सावित्री सुवेदीको समूहले केश मुण्डन गरेका हुन् ।

सामाजिक अभियन्ता सुवेदीको नेतृत्वमा जितेन बान्तवा, दाबिन नोर्वु शेर्पा, प्रकाश गौतम र हरि दुलालले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने फासीको माग गर्दै मुण्डन गरेका हुन् ।

पहिलो चरणमा पेटीकोट आन्दोलन गरेका उनीहरुले कपाल मुण्डन दोस्रो चरणको विरोध आन्दोलन गरेको अभियन्ता सुवेदीको भनाइ छ ।

पाँच वर्षदेखि निरन्तर रुपमा बलात्कारीलाई मृत्यदण्डको माग राख्दै आएकी अधिकारकर्मी सुवेदीले सरकारलाई कर्तव्यवान र जिम्मेवार बनाउन आफूहरुले निरन्तर रुपमा सांकेतिक विरोधका कार्यक्रम गर्दै आएको बताईन् ।

प्रतिकृया दिनुहोस