बिमस्टेलले किन बनाउँदैछ पैदल यात्रीलाई सकस ?

Bimste 1

काठमाडौं । गरिव मुलुक भए पनि विदेशी पाहुनालाई देखाउन नेपालले भब्य तयारी गरेको छ । सकिनसकी पाहुना हिड्ने बाटो चिल्ला बनाइएका छन् । ठाउँठाउँमा नेपालको सांस्कृतिक महत्व झल्काउने तस्विर पनि राखिएका छन् ।

विदेशी पाहुनालाई देखाउनका लागि भए पनि आफ्नो वर्गतले भ्याएसम्म नेपालले तयारी पूरा गरेको छ । सडकमा आजदेखि जोरविजोर नम्बरका आधारमा गाडी गुड्न थालेका छन् ।

यतिसम्म त स्वभाविक मान्न सकिएला । तर, आजदेखि बाटोमा हिड्ने यात्रुले समेत सहजरुपमा यात्रा गर्न पाउने छैनन् । अर्थात् बिमस्टेक सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउने क्रम सुरु भएकाले प्रहरीले मुख्य सडकमा पैदल हिँड्न पनि रोक लगाएको छ ।

एयरपोर्टदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी र सोल्टीमोडसम्मको सडकमा विशिष्ट व्यक्ति सवारीको बेला केहीबेर पैदल हिँड्न पनि रोक लगाइएको छ ।

के तपाई आज काठमाडौंमा जोर नम्बरको गाडी चलाउन पाइँदैन भन्ने ठानेर पैदल यात्राका लागि निस्कनुभएको छ ? त्यसो हो भने तपाईलाई प्रहरीले बाटैमा रोक्न सक्छ र भन्न सक्छ– यताबाट नहिँड्नोस्, उता जानोस् ।

सवारी साधनमा हिँड्नेलाई त प्रहरीले रोकेको छ नै, पैदल यात्रा गर्नेहरुलाई पनि मुख्य सडक पार गर्न नदिएर किनारामा रोक्ने गरिएको छ ।

बिहीबार र शुक्रबार हुने बिमस्टेक सम्मेलनमा सहभागी हुने आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भन्दै ३ दिन काठमाडौंमा जोर, बिजोर प्रणालीमा गाडी सञ्चालनको नियम लागू भएको छ ।

यसअनुसार बुधबार बिजोर नम्बर प्लेटका गाडी मात्रै सडकमा गुडेका छन् । बिहीबार जोर नम्बर र शुक्रबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नम्बर प्लेटको पछाडिको अंक १, ३, ५, ७ र ९ भए बिजोर र ०, २, ४, ६ र ८ भए जोर हुन्छ ।

जोर विजोर प्रणाली बिहान ६ बजेदेखि राति १० बजेसम्म मात्र लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस