बिमस्टेकमा भाग लिन धमाधम आउने थाले विदेशी पाहुना

Bhutan pahuna

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुला आउने क्रम जारी छ ।

यसैक्रममा भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौं आइपुगेका छन् । बुधबार बिहान राजधानी आइपुगेका ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

यता, बिमस्टेक सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै नेपाल आइसकेका छन् । केही पाहुना आजै आउने र केही बिहीबार आइपुग्दैछन् ।

प्रतिकृया दिनुहोस