ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु

Accide

काठमाडौं । ट्याङकरको ठक्करबाट मोटरसाइकल सवार एक जनाको ज्यान गएको छ ।

बुधबार बिहान कालिमाटी विष्णुमति पुल छेउमा तेल बोकेको ना ४ ख २४८ नं.को ट्याङकरले बा ३४ प ५४१५ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो ।

ट्यांकरको ठक्करबाट दोलखा घर भइ अहिले काठमाडौंको सितापाइला बस्दै आएकी ३२ वर्षकी बबिता थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्यांकरको ठक्करबाट घाइते भएकी थापाको विर अस्पतालमा ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस