घर भत्किएर एकै परिवारका पाँच जनाको मुत्यु

 landslideinnuwakot

सल्यान । वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा एक घरको भित्ता(दिवाल) भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।

घरमूली ४० वर्षीय रामसिह कामी, ३५ वर्षीया रामकला कामी, छोरीहरू सात वर्षीया गंगा, ६ वर्षीया प्रमिला र छोरा चार वर्षीय रुपलालको मुत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।

घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छिन् । मंगलबार राति अविरल वर्षासँगै घरको भित्ता भत्किएपछि उनीहरू पुरिएका थिए । पुरिएको खबर घाइते सुनिताले गाउँलेलाई दिएकी थिइन् ।

घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्व प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस