त्रिशूलीमा ट्रक खस्यो, एकको मृत्यु

A

काठमाडौं । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् ।

बा४ ख७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलामा त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा २२ वर्षीय केशर पुलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका ६ का २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएकोले उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।

नदीमा हराइरहेका भुजेलको खोजी भैरहेको छ ।

प्रतिकृया दिनुहोस