चितवनमा फेरी अर्को गैंडा मृत फेला

Gaida mirta felan

चितवन । चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मंगलबार मरेको अवस्थामा भेटिएको छ । निकुञ्जमा चालू आर्थिक वर्षमा हालसम्म यो सहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन्। गत आव २०७४ र ७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो। गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताए ।

नेपालमा ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् । गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस