पाहुना खुसी पार्न लिपपोत गरेरै सिंगारियो काठमाडौं

Bimastek 13 3

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन सुरु हुन अब एक दिन मात्र बाँकी छ ।

अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमिस्टकको चौथो सम्मेलन आयोजना गर्न लाग्दै गर्दा काठमाडौंलाई सजाउने प्रयास गरेको छ सरकारले । ठाउँ–ठाउँमा रंगीन चित्रहरु कोरेर होस् वा भत्किएका बाटोहरु टालटुल पारेर होस्, पाहुना स्वागतको गरिँदैछ ।

बिमस्टेकको तयारी लगभग पूरा भएको छ । सरकारले राजधानी काठमाडौंमा स्वागत द्वार निर्माण गरिएको छ भने स्वागत व्यानर लगायतको व्यवस्था गरेको छ ।

काठमाडौंमा हुने सम्मेलनमा सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा र भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, सहभागी हुनेछन् ।

विदेशी पाहुना आउने भएपछि यतिबेला काठमाडौं शहर बेहुली जस्तै सिंगारिको छ । तर, विमस्टेक नसकिँदै काठमाडौं फेरि पुरानै रुपमा फर्किने चिन्ता सबैलाई छ । किनभने काठमाडौंका केही भागलाई सिंगारिएको भए पनि धेरै ठाउँमा ‘मेकअप’ नपुगेको जस्तै बनाइएको छ ।

काठमाडौँका कतिपय ठाउँ आकर्षक बनेका छन् भने कतिपय ठाउँमा मेकअप बिग्रिएकी बेहुलीजस्तै भएको छ । कतिपय ठाउँमा हिलाम्य सडक उस्तै छ, सरकारले टालटुल गर्ने मौका पाएको छैन । तर, विशिष्ट पाहुनाहरु आउने भएकाले राजधानीका कतिपय ठाउँ झकिझकाउ बनाइएको छ । तर, यो हिलाम्य सडकले सरकारले लाज ढाक्न मात्रै लिपपोत गरेका प्रष्ट हुन्छ ।

विदेशी पाहुनाका अगाडी लाज ढाक्न भए पनि काठमाडौँका मुख्य सडक चिल्ला र सफा बनाइएका छन् । नेपालका पहिचान, कला संस्कृति झल्कने खालका तस्वीरहरु मुख्य चोकहरुमा राखिएका छन् ।

प्रतिकृया दिनुहोस