विदेश सचिवहरुको विशेष बैठक१४ वटा प्रतिवेदन प्रस्तुत

Bimstec sachib meeting

काठमाडौं । बहुपक्षीय प्रवाधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) मा विदेश सचिवहरुको १९औँ विशेष बैठक सम्पन्न भएको छ ।

मंगलबार सो बैठकमा व्यापार र लगानी, प्रविधि, गरिबी निवारण, आतंकवाद नियन्त्रण लगायतका विषयमा १४ वटा प्रतिवेदन प्रस्तुत भएको छ । बडापत्र निर्माणका लागि मस्यौदा तयारसम्बन्धी विषयमा पनि सहमति जुटेको छ ।

बैठकले उर्जाका क्षेत्रमा सहमति गर्ने निर्णय गरेको छ भने संगठनलाई प्रभावकारी बनाउन बिम्स्टेक सहकार्य कोष निर्माण गर्नेमा सबै सदस्य राष्ट्रहरु एकमत देखिएका छन् । गठन भएको लामो समयसम्म प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको संगठनलाई चलायमान बनाउन बिम्स्टेक सचिवालयलाई क्रियाशील बनाउने विषयले सचिवस्तरीय बैठकमा प्रथमिकता पाएको हो ।

क्षेत्रगत आयोजनाहरुको पहिचान र त्यसको कार्यान्वयन गर्ने उदेश्यका साथ १९९७ मा बैकंक सम्मेलनबाट बंलादेश, भारत, श्रीलंका र थाइल्यान्ड सम्मिलित बिम्स्टेक गठन भएको हो ।

अलावा भन्सारमा सहकार्य गर्ने, सार्वजनिक स्वाथ्यको क्षेत्रमा सहयोग बढाउने, सचिवालयलाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गर्ने विषयमा छलफल भएको पौडेलले जानकारी दिए। सचिवस्तरीय बैठकले बुधबार बस्ने मन्त्रीस्तरीय बैठकको कार्यदिशासमेत तय गरेको छ ।

मन्त्रीस्तरीय सम्मेलनबाट सुरु भएको बिम्स्टेक २००४ बाट कार्यकारी प्रमुखहरुको सम्मेलनका रुपमा विकसित भएको हो। बैंककमा २००४, नयाँ दिल्लीमा २००८, न्याप्यिदोमा २०१४ मा सम्मेलन आयोजना भएको थियो । नेपालमा आयोजना हुन लागेको सम्मेलन चौथो हो ।

प्रतिकृया दिनुहोस