बालाजुबाट पक्राउ परिन् जेल ब्रेकर उमा भुजेल

Uma bhujel


काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् ।

माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकी उनी नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस