आफ्नै छोरीलाई जिउँदै खाल्डोमा पुरिन् ! कस्तो नारी होला ?

Death child

गोरखा । सिराञ्चोक गाउँपालिका २ खमारीकी लक्ष्मी गुरुङले ११ दिनकी छोरी टिका लाई खाल्डो खनेर पुरेका छन् ।

भदौ ८ गते राती उनले घरबाट ३ सय मिटरमाथि बारीमा खाल्डो खनेर बोरामा राखेर छोरीलाई पुरेको प्रहरीले जनाएको छ ।

छोरी हराएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा नभेटिएको र अन्ततः अनुसन्धान गर्दै जाँदा उनले आफैँले खाल्डो खनेर पुरेको बताएपछि घटनास्थल गएर हेर्दा बालिकाको शव ५ दिन पछि मंगलबार भेटिएको हो ।

खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ । छोरी पुर्ने लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो छोरीको न्वारन गरेर सुतेका बेला राती करिब १ बजेतिर घरमा सबै सुतेपछि लक्ष्मीले छोरीलाई खाल्डो खनेर पुरेकी हुन् ।

१७ वर्षकी उनको एक वर्षअघि १९ वर्षिय सबल भण्डारीसँग बिबाह भएको थियो । न्वारन सकेर श्रीमान घटना भएको साँझ छिमेकी कहाँ सुतेका थिए । सबलसँग लक्ष्मीको बिबाह भएको लक्ष्मीको आमा सरिता गुरुङलाई मन परेको थिएन ।

उनले पटक पटक छोरीलाई टेलिफोनमा धम्क्याउने गरेको लक्ष्मीले प्रहरीसँग बताएकी छिन् । घटनामा प्रत्यक्ष आफू मात्रै संलग्न रहेको लक्ष्मीले बताए पनि उक्साउने, धम्काउने अरु कोही हुन सक्ने आशंकामा लक्ष्मी, उनकी आमा सरिता, र कान्छी बहिनी बबिना गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनलाई कर्तब्य ज्यान मुद्धामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस