मेलम्ची खानेपानी वितरणमा मिति नसार्न निर्देशन

Melamchi

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी पूर्व निर्धा्रित समयमै वितरण गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले मन्त्रालयलाई विगतमा जस्तोे मिति नसार्न निर्देशन दिएको छ । मन्त्रालयबाट प्रस्तावित तिथिमिति बारम्बार परिवर्तन हुने कार्यबाट सम्बन्धित निकायको विश्वसनियता एवम् कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले हेडवक्र्स, सुरुङभित्रको फिनिसिङको कार्य अझै बाँकी रहेको औंल्याएको छ ।

असोजसम्म मेलम्चीको पानी राजधानीमा ल्याउनेगरी यसअघि निर्माण कम्पनीलाई समय थप गरिदिएको थियो। तर पनि निर्माण कम्पनी को-ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नाले असोजसम्म पानी ल्याउन नसक्ने देखिएको छ ।

मेलम्चीको पानी काठमाडौंमा आएपछि अहिलेको ढल प्रणालीको क्षमताले पानी व्यवस्थापन गर्ने क्षमता राख्छ वा राख्दैन भन्ने बिषय सरकारले केही अध्ययन नगरेकोमा समितिले ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयले ढल व्यवस्थापनको विषयमा गरेका कार्यहरु, वर्तमान ढलको क्षमता लगायत वार्षिक कार्यक्रम एवम् दिर्घकालीन कार्ययोजना सम्बन्धी जानकारी १५ दिन भित्र उपलब्ध गराउन समितिले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस