निर्मला हत्याकाण्ड: विष्टलाई मानसिक परिक्षणका लागि काठमाडौं लगियो

Nirmala hatya

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीया दिलीपसिंह विष्टलाई मानसिक परिक्षणका लागि काठमाडौं लगिएको छ ।

निर्मला पन्तको बलात्कार पछि हत्या गरेको अभियोगमा पक्राउ परेका जनताले ब्यापक असन्तुष्टि जनाएपछि उनलाई मानसिक परिक्षणका लागि मंगलबार धनगढीबाट जहाँज हुँदै काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुँबेर कठायतले जानकारी दिए ।

विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । उनको मानसिक परिक्षण पछि मात्र सन्तुलन गुमेको नगुमेको पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस