सवारी दुर्घटनामा ७ जना घाइते, ४ को अवस्था दुखद

Jeep accident dadeldhura

डडेल्धुरा । सवारी जिप दुर्घटनामा परी ७ जना घाइते भइको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

डडेल्धुरा–भागेश्वर जोड्ने सडकखण्डको अमरगढी २ आइतबजार नकिकै ठूलाखोलामा जिप दुर्घटना भएको छ ।

भागेश्वर गाउँपालिकाको बगरकोटबाट डडेल्धुरा सदरमुकाम आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटनामा परेको हो । १४ जना यात्रु सवार जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले बताए ।

प्रहरीले दुर्घटनामा परेकालाई उद्धार गरी उपचारका लागि उप–क्षेत्रीय अस्पताल पुर्याएको छ । गुँरास यातायात समिति बैतडीद्धारा संचालित जिप क्षमता भन्दा बढी यात्रु र वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना परेको आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस