मोरङ र इलाम जोड्ने झोलुंगे पुल निर्माण कार्य पुर्ण

Nunkhola

बिराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिका जोड्ने नुनसरी खोलामा झोलुंगे पुल बनेको छ ।

मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा दुई जिल्ला जोड्ने पुल निर्माण कार्य पूरा भएको हो । पुल ३२ लाख ३९ हजारको लागतमा निर्माण भएको हो । पुल १ सय २० मिटर लामो छ । पुल निर्माणसँगै दुई जिल्लाका सर्वसाधारणलाई सहज भएको छ ।

पुल बनाउन जिल्ला समन्वय समितिले २७ लाख ७२ हजार दिएको थियो भने मिक्लाजुङ गापाको २ लाख ४ हजार र चुलाचुली गापाले एक लाख लगाएका थिए । त्यस्तै, स्थानीयले १ लाख ६३ हजार व्यहोरेका थिए ।

यसअघि पुल नहुँदा १ देखि ५ नम्बर वडाका बासिन्दालाई उर्लाबारी हुँदै गाउँपालिका केन्द्र मधुमल्ला पुग्नुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हटेको छ ।

निर्माण पूरा भएको पुलबाट मोटरसाइकल र पैदलयात्रु सजिलै हिँड्न सक्छन् ।

प्रतिकृया दिनुहोस