पोखरामा एक बालिकाको शव फेला

Saptari death body

कास्की । लामाचौरमा एक बालिकाको शव भेटिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौर शुक्रबार बेलुका स्थानीय बालिकाको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

स्थानीय बासिन्दाले बालिकाको शव देखेपछि खबर गरेको र आफूहरु घटनास्थल पुगेको प्रहरीले जनाएको छ । शव शुक्रबार बेलुका नै पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको र पोस्टमार्टम भएको छ ।

स्थानीय बासिन्दाले भने बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

तर घटनाबारे अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस