प्रदेश नं.१ को सबैभन्दा ठूलो बसपार्क सञ्चालनमा

Baruwa buspark udayapur gaighat

उदयपुर । प्रदेश नं.१ कै ठूलो बसपार्क त्रियुगा नगरपालिका गाईघाट–११ बरुवा नदी किनारमा ‘बरुवा बसपार्क’ निर्माण सम्पन्न भई असोजबाट सञ्चालनमा आउने भएको छ ।

पूर्व–पश्चिम जोड्न बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेकोले असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले जानकारी दिए ।

आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताए ।

उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताए ।

१ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि २० लाख बजेट बिनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् ।

बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटाँैडा हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए ।

प्रतिकृया दिनुहोस