अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न नेकपाको अपिल

Nekapa miting

काठमाडौं । कञ्चनपुरमा जारी प्रदर्शन र हिंसाका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको छ ।

नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ । साथै सो बैठकले बैठकले देशभरि बढिरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण पनि गरेको छ ।

सो बैठकले कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय पनि गरेको छ ।

सामाजिक मूल्य मान्यताको विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय गरेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस