माछा मार्न गएका व्यक्तिको शव फेला

Macha marni bhuk

नवलपरासी । कावासोतीमा रहेको केरुङ्गे खोलामा गएराति एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोलाई खोलाले बगाएर मृत्यु भएको हो ।

खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् । खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो ।

उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।

प्रतिकृया दिनुहोस