वानेश्वरमै युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

Blatkar

काठमाडौं । नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको झन्डै चार महिनापछि तथ्य खुलेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि घटनामा संलग्न कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस