दासढुङ्गामा बस र ट्रक ठोक्किँदा २९ घाइते

Accident  photo

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको दासढुंगामा शनिबार बिहान बस र ट्रक ठोक्किँदा २९ जना घाइते भएका छन् । घाइते मध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना५ख ४७०४ नं को ट्रक बिहान ६ः३० बजे ठोक्किएका हुन् ।

घाइते २४ जनाको भरतपुर अस्पताल तथा चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेहको प्रहरीले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस