उपत्यकामा मंसिरदेखि विद्युतीय बस सञ्चालन

Eletronic

काठमाडौं । उपत्यकामा मंसिरदेखि विद्युतीय बस सञ्चालन हुने भ्रएको छ । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको छ ।

बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ ।

कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेका प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालकाले बताए । अध्ययनपछि उनीहरूले सडकमा पानी जम्मा हुने समस्या भने हटाउन सुझाव दिएका थिए ।

चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा भइरहेको दुवालले बताए ।

हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको छ । ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्नेछन् । सानोमा १५ सिट र ३५ जनासम्मको क्षमता हुनेछ ।

प्रतिकृया दिनुहोस