कञ्चनपुरमा गोली चल्दा प्रचण्ड निवासमा नेताहरुको भीड

Kanchanpur banda 1

काठमाडौं । कन्चनपुरमा प्रहरीको गाली लागि सनिक खुनाको मृत्यु लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा नेताहरुको भीड जम्मा भएको छ ।

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सनिक खुनाको मृत्यु भएको थियो ।

सो खब सार्वजनिक भएलगत्तै घटना भएको क्षेत्र कञ्चनपुर –३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्ट, सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

मध्यान्नसम्म सामान्य अवस्थामा पुगेको कञ्चनपुर बजार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस